Sajhamanch Archive

नेपालमा रहेकाे पाँच करोड भारु अझै साटिएन

Published: in मिडियाबाट साभार by .

काठमाडौं । भारतीय पाँच सय र हजारदरका नोट चल्तीबाट हटेको दुई वर्ष भइसक्दा पनि भारतले साट्न नमान्दा यहाँको बैंकिङ प्रणालीमा अझै करिब ८ करोड –पाँच करोड भारु) रुपैया बराबरका नोट निक्रिय छ।

पछिल्लाे महिना भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्नै छाडेको जानकारहरुले बताए। भारतीय केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ९ नोभेम्बर २०१६ को नोटबन्दी कारण प्रतिबन्धित पाँच सय र हजारका नोटमध्ये हालसम्म ९९.३ प्रतिशत फिर्ता भइसकेको जनाएको  छ।

नेपालमा रहेका भारु नोट प्रति प्रतिवेदन मौन छ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *