Sajhamanch Archive

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ। पछिल्ला दिनमा कोरोना भाइरसको  संक्रमण जोखिम बढ्न थालेपछि मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’ यसपाली होली पर्व पहाडमा चैत्र १५ गते र तराईमा १६ गते मनाइँदैछ।

रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । डा।समिरका अनुसार गत सोमबारदेखि १२ हजार ४६६ पीसीआर परीक्षण गरिएकोमा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। २६६ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस ९कोभिड(१९० संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पीसीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार ९० जना स्वास्थ्य लाभ गरेका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ। यस्तै हाल ५२ जना क्वारेन्टाइनमा र ११ सय ८२ जना आइसोलेसनमा छन्।

पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा जोखिम बढेको छ। कोरोना भाइरस ९कोभिड(१९० संक्रमणको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ।

यस्तै बुधबार बसेको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । यस्तै बुधबार काठमाडौं उपत्यकामा थप ६३ जनामा संक्रमण पुष्टि भएको छ भने देशभर ६३ जना क्वारेन्टाइनमा बसेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *