Sajhamanch Archive

रेडियो नेपालका पहिलो गायक रिमालको निधन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ। रिमालको शुक्रबार बिहान १ बजेर ७ मिनेटमा ९३ वर्षकाे उमेरमा निधन पारिवारिक स्रोतले जनाकारी दिएको छ।

रिमालको शव श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास नयाँ बानेश्वरमा जनाइएको छ। बालकृष्ण समका चेला रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’जस्ता ऐतिहासिक नाटकमा अभिनयका गरेका थिए। लामो समयदेखि अस्वस्थ्य भई घरमै आराम गरिरहेका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

१९८२ असोज २ मा जन्मिएका रिमाल २००७ सालमा रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *