Sajhamanch Archive

भारतमा एकैदिन करिब ६० हजारमा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, स्वास्थ्य by .

काठमाडौँ । भारतमा एकै दिनमा ५९ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

त्यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । यो नयाँ केस १७ अक्टोबरपछिको सबैभन्दा धेरै हो । त्यतिबेला ६१,८९३ बिरामी भेटिएका थिए ।

बिहिबार सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २५,८५७ को वृद्धि भएको छ । यो लगातार दोस्रो दिन थियो जब सक्रिय संक्रमित २५ हजारभन्दा बढी बढे । पछिल्लो एक हप्तामा नै सक्रिय संक्रमितमा १ लाख ४९ हजार ४५५ को वृद्धि भएको छ ।

भारतमा हालसम्म १ करोड १८ लाख ४६ हजार ८२ मानिस कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ६२ हजार ५०३ जना निको पनि भइसकेका छन् जबकी १ लाख ६० हजार ९८३ बिरामीले ज्यान गुमाएका छन् । यस्तै ४ लाख १७ हजार ४६ हजार ८२ बिरामीको उपचार चलिरहेको छ । –एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *