Sajhamanch Archive

सेनाको हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ।

राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ। हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ।

हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए। घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ। यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *