Sajhamanch Archive

शिकार खेल्न गएका गुरुङ्गको गोली लागेर मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

दाङ । दाङमा जंगलमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गए राति दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको मृत्यु भएको हो ।

गुरुङको स्थानीय जंगलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *