Sajhamanch Archive

बारीमा आगो लगाउने क्रममा जलेर एकको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।

आफ्नै बारीमा आगो लगाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

घटना शुक्रबार भएको भएपनि स्थानीयले शनिबार मात्र मनबहादुरको शव जलेको अवस्थामा फेला पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *