Sajhamanch Archive

रोलिङ च्यालेन्ज कपको उपाधि हात पार्दै च्याम्पियन बन्यो शिवसताक्षी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by .

शिवसताक्षी । झापामा जारी चौथो रोलिङ च्यालेन्ज कपको च्याम्पियन शिवसताक्षी नगरपालिका बनेको छ ।

आयोजक रोलिङ क्लव धुलावारीलाई टाईब्रेकरबाट ४—३ गोल अन्तरले हराउँदै शिवसताक्षी च्याम्पियन बनेको हो । यसका साथै शिवसताक्षीले नगद २ लाखसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी खेलकुद विकास समिति अध्यक्ष फूर्वा तामाङ्गले बताए।

क्वाटर फाइनलदेखि नै प्रतिस्पर्धी टिमलाई टाईब्रेकरबाट हराउँदै शिवसताक्षी फाईनलमा पुगेको थियो ।

सेमिफाइनलपनि टाइब्रेकरबाट जितेको हो । शिवसताक्षीको भाग्य चम्काउन टाइब्रेकर नै महत्वपुर्ण बन्योे ।

निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि नतिजाका लागि टाइब्रेकर गराइएको थियो । खेलमा दुबै टिमले उत्कृष्ट प्रदर्सन गरेका थिए ।

टाइब्रेकरमा आयोजकका तर्फबाट कप्तान पुजन उपरकोटीको पहिलो प्रहार पोष्टबारबाट बाहिरियो । शिवसताक्षीका विकास लामाको प्रहारलाई रोलिङका गोल रक्षक सूर्य घिमिरेले बजाउ गरे ।

रोलिङका लागि विकास थुलुङ, कोमल खवास, निशेन सुब्बाले गोल गर्दा शिवसताक्षीका लागि युसुफ थपलिया, संजोग महर्जन, जनक कोइराला र रोशन दोङले गोल गरे ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका शिवसताक्षीका जनक कार्की म्यान अफ दी म्याच बन्दै नगद १० हजार प्राप्त गरे ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको छ ।

बेष्ट डिफेन्स आयोजक रोलिङका दिवस उराउ, बेष्ट मिडफिल्ड शिवसताक्षीका रोहन कार्की, बेष्ट स्ट्राइकर रोलिङका विदेशी खेलाडी फोफोना र बेष्ट गोल रक्षक शिवसताक्षीका विवेक राई बने । उत्कृष्ट सबैले नगद १० हजार हात पारे । साथै प्रतियोगिताको सर्वोत्त्कृष्ट खेलाडी बनेका आयोजक रोलिङका कप्तान पुजन उपरकोटीले नगद १५ हजार प्राप्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *