Sajhamanch Archive

जिल्लाकै उत्कृष्ट कनकाई सामुदायिक वन

Published: (Updated: ) in समाज by .

सुरुङ्गा । कनकाई सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थपनमा उत्कृष्ट कार्य गरे वापत जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ ।

डिभिजन वन कार्यालय झापावाट चन्द्रगढीको मुना सामुदायिक भवनमा आयोजित सम्मान तथा राहत वितरण कार्यक्रमका विच कनकाई सामुदायिक वन उपभोक्ता समुहलाई नगद दश हजार सहित सम्मान पत्रका साथ नेपाल सरकार प्रदेश नं.१ का उद्योेग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव वद्रीराज ढुङ्गानाले सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढुङ्गानाले पहिले वन मासेर धान रोप्ने परम्परालाई छोड्दै हाल धानवाली मासेर वन लगाउँन सुरु गरिएको स्मरण गर्दै ढुङ्गानाले सवै सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुले वनमा चोरी निकासी रोक्न र डढेलो नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिएका छन् । कार्यक्रमको अवसरमा वन डढेलो नियन्त्रण तथा जनचेतना अभिवृद्धि गराउने अन्य तीनवटा सामुदायिक वन कमलधाप, प्रजापति र हिमाल सामुदायिक वन सहित निजि वन सञ्चालन गर्ने पाँच जना कृषकलाई समेत सम्मान गरीएको छ । झापामा जंगली हात्तीको आक्रमणवाट ज्यान गुमाउने तीन जनाको परिवारलाई नगद १०÷१० लाख सहित राहत समेत वितरण गरिएको वताइएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका उपसचिव रेवती प्रसाद सापकोटा, महासंघकी केन्द्रिय सदस्य संगीता थापा, निजि वनका तर्फवाट दुर्गा प्रसाईं लगायतले मन्तव्य राखेका थिए । सामुदायिक वनका तर्फवाट सम्मानित कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ख्याम प्रसाद ओलीले सामुदायिक वनका उपभोक्ताहरुले झेल्दै आएका समस्याका वारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सामुदायिक वनलाई सधैं सहयोग गर्ने सहायक वन अधिकुृत ओमनाथ भट्टराई, शिवराम शाह, सा.व.उ.महासंघकी केन्द्रिय सदस्य संगीता थापा, डिभिजन वनका प्रमुख वोधराज सुवेदी, नेपाल सरकारका उपसचिव सापकोटा लगायत प्रमुख अतिथि ढुङ्गानालाई कनकाई सामुदायिक वन उपभोक्ता समुहका तर्फवाट खादा ओढाएर कृतज्ञता प्रकट गरीएको थियो ।

झापाका धेरैवटा सामुदायिक वनका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमको व्यवस्थापन डिभिजन वन कार्यालय झापा र चन्द्रगडी सामुदायिक वनले गरेको वताइएको छ । सहायक वन अधिकृत नथुनी गोहीवार यादवले स्वागत गरेको कार्यक्रमको संचालन डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *