Sajhamanch Archive

१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिम्स्टेकको चौथो सम्मेलन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

१८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेकको सम्मेलन सम्पन्न भएको हो ।
दोस्रो दिन शुक्रबार एजेन्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।

घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखले हस्ताक्षर गरेका छन् ।
यसअघि बिम्स्टेक राष्ट्रहरुबीच ग्रिड अन्तरसञ्जाल सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बिम्स्टेकको चौथो शिखर सम्मेलन बिहीबार सुरु भएको थियो । सम्मेलन सम्पन्न भएसँगै शुक्रबार चार देशका सरकार प्रमुख स्वेदश फर्कदैछन् ।

यसैबीच, बिम्स्टेक को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार प्रकट गरे । साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *