Sajhamanch Archive

पाथिभरा भजन मण्डलीद्वारा सामुहिक तीज

Published: (Updated: ) in समाज by .

कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित पाथिभरा भजन मण्डलीले आज एक कार्यक्रमको आयोजना गरी तीज विशेष कार्यक्रम मनाएको छ ।

मण्डलीकी अध्यक्ष शान्ता बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न कार्यक्रमका साथै मण्डलीमा आवद्ध जेष्ठ सदस्यलाई दर खुवाउनुका साथै नाचगान गरेर तीज विशेष कार्यक्रम मनाईएको थियो ।

विगतका वर्षहरुमा घर घरमा दर खाएर मनाए पनि दिदीबहिनीहरुले यस वर्ष सामुहिक रुपमा तीज मनाउनाले समाज सद्भाव बढ्ने कार्यक्रमका प्रमुख अतिथि तथा कमल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नगरप्रसाद दंगालले बताए । उनले आउँदा पिडीलाई पनि यस्ता खालका सामुहिक दर खाई तीज मनाउँदा समाजप्रति जिम्मेवार सिकाउने बताए ।

कार्यक्रम मण्डलीकी सदस्य इन्दिरा गौतम र हरीमाया दाहालले सन्चालन गरेका थिए भने उपाध्यक्ष सरिता पौडेलले स्वागत गरेकी थिईन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *