Sajhamanch Archive

सवारी दुर्घटना र लागुऔषध प्रयोग न्युनिकरणका लागी सरोकारवालहरुसँग छलफल तथा अन्तरक्रिया

Published: in समाज by .

कमल । दिनानुदिन बढिरहेको सवारी दुर्घटना र लागुऔषध प्रयोगमा न्युनिकरणका लागि शुक्रवार केर्खामा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी चौकी केर्खाको आयोजनामा भएको छलफल तथा अन्तरक्रियामा सहभागीले सडकमा दैनिक जसो हुने गरेको सवारी दुर्घटना तथा लागुऔषध न्युनिकरणका लागी सबैले आ आफ्नो ठाउँमा सजकता अपनाउनु पर्ने बताए ।

कार्यक्रममा हाल सञ्चालन भैरहेको ट्राफिक प्रहरी पोष्ट व्यवस्थापन र प्रहरी चौकी केर्खाले भोगचलन गरिरहेको जमिन घेरावारा लगायतका विषयमा समेत छलफल भएको थियो ।

ट्राफिक प्रहरी पोष्ट व्यवस्थापन र प्रहरी चौकी केर्खाले भोगचलन गरिरहेको जमिन घेरावारा गर्नका लागी गौरीमान फागोको संयोजकत्वमा १३ सदस्य समिती समेत गठन गरिएको प्रहरी चौकी केर्खाका इन्चार्ज राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *