Sajhamanch Archive

अब १२ हजार ९९९ मासिक किस्तामै पाइन्छ गाडी

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

मेगा बैंककी सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, पायनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ ।

जसमध्ये डाटसन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै ग्राहकहरुले किन्न सक्नेछन् । यसैगरी, निशान कम्पनीका सबै मोडलका गाडीहरुमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरुले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ ।

मेगा बैंकका देशभरका शाखाहरुबाट अटो लोन सुविधा प्राप्त हुने जनाउँदै मेगा बैंकले लोन प्रक्रिया सरल बनाइएको जनाएको छ । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरेर ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
पूर्वमा यो सुविधा निशान र डाटशनको मेची अञ्चलको आधिकारिक बिक्रेता बिर्तामोडको भद्रपुर रोडस्थित केशरीचन्द भन्वरलाल कम्पनी लिमिटेडबाट प्राप्त हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *