Sajhamanch Archive

न्यू मेक्सिकोमा सवारी दुर्घटना, ८ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

वासिंटन  । अमेरिकाको न्यू मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् ।

न्यू मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएको हो । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो ।

लरीका चालक घाइते भएका छन् । बसका रहेका सबै यात्रु सामान्य घाइते भएका छन् ।

यसैबीच दुर्घटनामा घाइते भएकी एक गर्भवती महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । दुर्घटना लगत्तै अस्पताल लगिएकी उनले जुम्ल्याहा शिशु जन्माएको अधिकारीहरुले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *