Sajhamanch Archive

कसरी बनाउने मेथीको तरकारी ?

Published: in रोचक कुरा / टिप्स by .

मेथी हाम्रो दैनिकजसो भान्छामा मसलाको रुपमा प्रयोग हुन्छ । यही मेथीलाई तरकारीमा मसलाको रुपमा नभएर तरकारीकै रुपमा पनि पकाएर खान सकिन्छ ।

मेथीको तरकारी बनाउन आवश्यक सामग्री

१.मेथी (२ सय ग्राम)
२. तेल (१ सानो डाडु)
३. सुकेको प्याज काटेको (५० ग्राम)
४. गोलभेडा ३–४ पिस
५. बेसार (एक सानो चम्चा)
६. नुन (स्वाद अनुसार)
७. जिरा धुलो (१ सानो चम्चा)
८. खुर्सानीको धुलो (१ सानो चम्चा)
९. अदुवा र लसुन पिसेको (१ ठूलो चम्चा)
१०. हरियो धनियाँ २–३ (ठूलो चम्चा)
११. गरम मसला –आधा सानो चम्चा)

मेथी तरकारी बनाउने तरिका

१. मेथी केलाएर एक दिन पानीमा भिजाउने,
२. भिजाएको मेथीलाई कुकरमा ३–४ सिठ्ठी लाग्नेगरी पकाउने,
३.आगोमा कराई बसाल्ने र प्याज भुट्ने
४. प्याज खैरो नहुँदै बेसार राख्ने र उसिनेको मेथी पानीसहित पकाउने,
५.केही समयपछि माथि उल्लेखित सबै मसला राख्ने,
६. ७–८ मिनेटपछि धनियाँ, काटेको गोलभेँडा राख्ने,
७. आवश्यकताअनुसार पानी राखि केही समय पकाएपछि मेथी तरकारी तयार हुन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *