Sajhamanch Archive

व्यवसायिक आलु खेतीबाट बिर्तामोडका कृषक लाभान्वित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

कमल । विर्तामोड नगरपालिका झापा जिल्लाको मध्यभागमा अवस्थित छ । नगरको अधिकांश भाग कृषि क्षेत्रले ओगटेको । यहाँका मानिसहरुले कृषिलाई मुख्य पेशाको रुपमा अगाँल्दै आएका छन् ।

विर्तामोड नगरपालिकाले पछिल्लो समय कृषिमा निकै फड्को मारेको पाइएको छ । नगरपालिकाले नगर भित्र रहेका कृषकलाई विभिन्न कृषि सामाग्री उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेपछि यहाँको कृषि उत्पादनमा वृद्धि भएको हो ।

नगरपालिकाले यो वर्ष देखि व्यवसायिक आलुखेती कार्यक्रम सन्चालन गरेको छ । जस अन्तरगत ८६ विघा जमिनमा आलु खेती गरेको थियो । सो जमिनबाट न्युनतम ८ सय २५ टन भन्दा बढी आलु उत्पादन भएको नगरपालिकाले जनाएको छ ।

आलु खेतीमा १ सय ७० जना कृषक सहभागी भएका छन् । आलु उत्पादनमा नगरपालिकाले सिचाईका लागी मोटर, पा्रविधिक सेवाका साथै सुरक्षित विषादी निशुल्क उपलब्ध गराएका नगरपालिकाले जनाएको छ ।

कृषकले वीउ आलु खरिदमा वर्षेनी लाखौ रुपैया खर्चिदै आई रहेका थिए । आगामी वर्ष वीउ आलु खरिदमा रकम नगरको रकम नगरमै रोक्नका लागी यसै वर्ष देखि नगरपालिकाको सहयोगमा एक सय टन भन्दा बढी विउका लागी आलु भण्डारण तयारी भै रहेको विर्तामोड नगरपालिकाका कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडेरियाले जानकारी दिए ।

नगरपालिकाले आलु उत्पादनमा सहयोग गरेपछि नगरपालिकाका कृषकमा उत्साहका साथ आलु उत्पादनमा लागेको छन् । नगरपालिकाको वडा नम्वर ९ स्थित किरण राजवंशीले दाजुभाई मिलेर आढाई विघामा आलुखेती गरेका छन् । आलुको विउ खरिद र रोपाईमा १ लाख ५० हजार खर्च भएको उनीहरुले बताए । सो जमिन बाट ३ सय ५० मन आलु फल्ने अनुमान गरेको गरिएको छ । जसबाट खर्च कटाएर २ लाख रुपैया भन्दा बढी आम्दानी हुने छ ।

आलु खेतीका लागि नगरपालिकाले प्रविधिक सेवा, सिचाईका लागि मोटर, स्प्रे ट्यांकी र सुरक्षित विषादी निशुल्क उपलब्ध गराएको किरण राजवंशीले बताए ।

विषादी प्रयोगका कारण विभिन्न रोग लाग्ने भएकोले पछिल्लो समय नगरपालिकाले कृषकले उत्पादन गर्ने विभिन्न बालीमा रसायनिक विषादीलाई न्युनिकरण गर्न र विषादीका कारण हुने वातावरणिय प्रदुषणलाई कम गर्न सचेतना मुलक कार्यक्रम सन्चालन गरेको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले बताए ।

वर्षौदेखि विषादी प्रयोगका कारण कृषकको खेतको माटोको अवस्था अत्यन्तै खराव भएको छ । नगरपालिकाले कृषकको खेतको माटो उपचारका लागी कृषि चुन वितरण गरेको छ । उनले भने, पशुपालक कृषकका लागी पनि सहज होस भनेर दुध चिस्यान केन्द्रको स्थापना गरेका छौ । विर्तामोड स्थित कृषि थोक बजार प्रदेश नम्वर १ कै ठुलो कृषि बजार भएकोले त्यो वजार सँगको सहकार्यमा कृषकले उत्पादन गरेका कृषि उत्पादन विक्री वितरणकालागी सहज बतावरण बनाई दिएको विर्तामोड मेयर सिवाकोटीको भनाई छ ।

पछिल्लो समय विर्तामोड नगरपालिकाले नगर भित्र रहेका कृषकका लागी विभिन्न कार्यक्रम सन्चालन गरेका कारण यहाँका कृषक कृषि कर्मप्रति उत्साहित भएर लागेका छन् । तर अझै पनि कृषकले उत्पादन गरेका कृषि उपजले उचित मुल्य भने पाउन सकेको छैन ।
यसतर्फ जनप्रतिनिधीको ध्यान जान आवश्यक छ । नत्र बजार नपाएकै कारण कृषक आफ्नो पेशा बाट पलायन हुने अवस्था नआउला की भन्न सकिदैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *