Sajhamanch Archive

‘बस दुर्घटनाको जिम्मेवारी लिँदै’ बुल्गेरियाका ३ मन्त्रीद्वारा राजीनामा !

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

बुल्गेरियाका ३ जना मन्त्रीले बस दुर्घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । बस दुर्घटनामा मानवीय क्षति भएको भन्दै एकैसाथ ३ जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । यो खबर अहिले निकै भाइल बनिरहेको छ ।

बिबिसीका अनुसार पर्यटक बस दुर्घटनापछि त्यहाँको सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिलामन्त्रीले पद तयागेका हुन् । ३ जनै मन्त्री बोरिसोब्स सेन्टर–राइट सिइआरबी पार्टीबाट मन्त्री थिए ।

पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटर टाढा गत शनिबार पर्यटक बस दुर्घना भएको थियो, जसमा १७ जनाको ज्यान गएको थियो । त्यसमा १३ को घटनास्थलमै ज्यान गएको थियो भने ४ जनाको उपचार हुँदाहुँदै ज्यान गएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बस चालकलाई दुर्घटनाको दोषी मानिएको थियो । पछि त्यहाँको सरकारको पनि चर्को आलोचना भएको थियो ।

सरकारको आलोचना बढेपछि बुल्गेरियाका प्रधानमन्त्री बोय बोरिसोभले ३ मन्त्रीलाई राजीनामा दिएर नैतिकता देखाउन भनेका थिए । प्रधानमन्त्रीको त्यस्तो निर्देशनलगत्तै ३ जना मन्त्रीले दुर्घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *