Sajhamanch Archive

प्रेस युनियन माइपश्चिममा पुनः सुब्बा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दमक । नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकको शनिवार सम्पन्न प्रथम अधिबेशनले विष्णु सुब्बालाई पुनःअध्यक्षमा चयन गरेको छ ।

बन्दसत्रले सुब्बाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सो समितिको उपाध्यक्ष बेणुप्रसाद अधिकारी ,सचिवमा अर्जुन राजबंशी, सहसचिवमा नगेन्द्रमणी न्यौपाने र कोषाध्यक्षमा कुसुम तामाङ रहेका छन् ।

त्यस्तैे सदस्यहरुमा प्रशान्त भट्टराई, युवराज रेग्मी, शान्ति सुब्बा र बेणु प्रसाई रहेका छन् । निर्वाचित समितिलाई यूनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईले प्रमाणपत्र वितरणसहित सपथग्रहण गराएका थिए ।

वन्दसत्रले यूनियनका अध्यक्ष सुब्बाले प्रस्तुत गरेको सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । त्यस्तै वन्दसत्रले गिरीराज भट्टराईको संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *