Sajhamanch Archive

नेपाली कांग्रेसको रिक्त पदमा पदाधिकारी चयन

Published: (Updated: ) in राजनीति by .

विर्तामोड । नेपाली कांग्रेस झापाको शनिबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले रिक्त रहेका विभिन्न पदमा पदाधिकारी मनोनयन गरेको छ ।

जिल्ला पार्टी सभापति उद्धव थापाको सभापतित्वमा बसेको बैठकले पार्टी विधानको धारा १० उपधारा २–क को ३ बमोजिम रिक्त रहेको जिल्ला कार्यसमिति सचिवमा तारावीर कट्वाल र सहसचिवमा राजेन्द्रप्रसाद भण्डारीलाई चयन गरेको हो ।

त्यस्तै विधानकै उपधारा २ –ख को–७ को–ख बमोजिम रिक्त रहेको जिल्ला कार्यसमिति सदस्यहरुमा टेकबहादुर सुब्बा (भरत) तेजप्रसाद चम्लागाँई, लोकराज ढकाल, राजेन्द्र रिजाल, सिताराम खड्का, दिपक तामाङ, उमाकान्त आचार्यलाई मनोनयन गरेको छ । त्यस्तै अल्पसंख्यकबाट वडाराम हेमरम र दयानन्द गोस्वामी, आदिवासीका तर्फबाट फूलवती राजवंशी जनजातिबाट हुकुमसिं राई, दलितबाट सुन्दरा ल्वागुनलाई चयन गरेको जनाइएको छ ।

त्यसैगरी आमन्त्रीत जिल्ला सदस्यमा शिवप्रसाद गिरी, सूर्य ढुङ्गाना, अनुप कार्की, रेवतीरमण नेपाल, उखारुलाल गणेश, वेदनिधी भट्टराई, पुन्यप्रसाद ओझा, लीलाप्रसाद ढकाल, शेरबहादुर थापा, सन्तोष मेनेङ्वो, रामप्रसाद दुलाल, जगन्नाथ राजवंशी, प्रेमबहादुर बस्नेत, बद्रीबहादुर कार्की, दिपिन्द्र थापा, प्रमेत यादव, पिताम्बर दाहाल, शेरबहादुर भट्टराई, हरिकमुार सुवेदी, घनेन्द्र योङ्या सुब्बा र राजनबहादुर ढुङ्गानालाई चयन गरेको छ ।

बैठकले कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, केशवकुमार बुढाथोकी, सरिता प्रसाई, नरेन्द्रविक्रम नेम्वाङ, गिरीराजकुमारी प्रसाई, सुधिरकुमार शिवाकोटी, डिल्ली सिटौला, पूर्णानन्द शर्मा, जीतबहादुर पुरी, अम्बिकाप्रसाद रिजाल, गोपालकुमार बस्नेत, भक्तिप्रसाद सिटौला, महेन्द्रा सुब्बा, सुरेस सुब्बा, वीरबहादुर प्रसाई, उदयलाल यादव, प्रेम राई, भारतेन्दुकुमार मल्लिक, कृष्णप्रसाद मिश्र, केदारमणि ढकाल, लीलक सिटौला, विश्वदिप लिङ्देन, टेकबहादुर खजुम र भूपाल बस्नेतलाई सल्लाहकारमा चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *