Sajhamanch Archive

झापाका पत्रकारको कोरोना भाइरसका कारण मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

विर्तामोड । कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको मृत्यु भएको छ । कोरोनाका कारण झापाका पुराना पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा संलग्न कमल मिश्रको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विभिन्न रोगले ग्रसीत मिश्र केही दिनदेखि कोभिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत थिए । उपचारकै क्रममा गएराति १ बजे उनको निधन भएको मिश्रका भान्जा तथा झापाली पत्रकार तीर्थ सिग्देलले जानकारी दिए ।

पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य समेत रहेका भएका बिर्तामोडका ४८ बर्षीय पत्रकार मिश्र केही समयदेखि परिवारसहित काठमाडौंमा बस्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *