Sajhamanch Archive

यतिको जहाज धावनमार्गमै चिप्लिएर पांग्रा भाँचियो

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । यती एयरलाइन्सको जेट स्ट्रिम विमान शनिबार राति त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

९ एल एच डब्लु विमान धावनमार्गमा चिप्लिंदा विमानको अगाडीको ल्यान्डिङ गियर(पांग्रा) भाँचिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

विमान नेपालगन्जबाट चार्टर गरेर ल्याइएको थियो । घटनापछि त्रिभुवन विमानस्थलको धावनमार्ग राति ८ः३५ देखि ९ः३० सम्म बन्द गरिएको थियो ।

जसका कारण सो समयमा उडान भर्ने ४ जहाजहरु प्रभावित भएका थिए । दुर्घटनामा परेको जहाजलाई तानेर पार्किक स्थलमा ल्याइएको थियो ।

विमान नेपालगन्जबाट २१ यात्रु बोकेर काठमाडौं आइपुगेको थियो ।

दुर्घटना हुँदा पाँच यात्रु घाइते भएका छन् भने चालक दल र अन्य यात्रुको अवस्था सामान्य रहेको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षत्रीले बताएका छन् । राजधानी दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *