Sajhamanch Archive

झापामा भव्य रूपमा सिरूवा मनाइँदै

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । नयाँ वर्षको आगमनसागैं तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासीजातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाइरहेका छन् ।

तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व बैशाख १ गतेदेखि ३ गतेसम्म तीन दिन मनाउने प्रचलन छ ।

जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने गरिन्छ । एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा हर्षाेल्लासका साथ यो पर्व मनाउने गरिएको इतिहाँस छ ।

चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ भने अन्य मिठा–मिठा परिकार समेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पूजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिन्छ ।

यसै पर्वको अवसर पारेर घाटोसरी महिला समिति बाह्रदशी ३ को आयोजनामा बाह्रदशी ३ मा घाटोसी आर सिरुवा कार्याक्रम २०७८ मनाइएको छ । कार्यक्रममा प्रमुख आतिथि बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी र विशेष अतिथि बाह्रदशी वडा नं. ३ का अध्यक्ष विरेन राजवंशी रहेका थिए । सो कार्यक्रममा घाटोसरी पुजा, घाटो प्रदर्शन प्रतियोगिता, भाजाखोली गीत प्रतियोगिता, आधुनिक तथा लोक नृत्य गरी मनाएको थियो ।

यसैबीच कोच समुदायको मौलिक पर्ब सिरुवाको दोस्रो दिन मनाइने काद सिरुवा आदर्श स्कुल अफ म्यानेजमेन्ट ,बिर्तामोड झापाले एक बिशेष कार्यक्रमका बीच मनाएको छ ।

कलेजका विद्यार्थी राजबंशी समुदायका अगुवा , युबा , महिला तथा बाल बालिकाको सहभागीतामा एक आपस मा बिशेष प्रकारको पहेलो माटोको टिका लगाएर काद सिरुवा मनाइएको हो ।

प्रायका जसो कोच समुदाय ले मनाउने सिरुवा पर्बबारे विद्यार्थीहरुलाई ब्यबहारिक मै जानकारी गराउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको आदर्स स्कुल अफ म्यानेजमेन्ट ,बिर्तामोड झापा प्रमुख सन्जोग खरेलले बताए । कलेजले ूरैथाने खाना ,परम्परा , संस्कृति तथा विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्न सहयोग पुर्याउदै आएको कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख दीपक दासले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *