Sajhamanch Archive

सिंगापुरले दियो नेपाललाई १ सय ५२ रनको लक्ष्य

Published: in खेलकुद by .

एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।

नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् ।

सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो ।

पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।

नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ ।

नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।
उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *