Sajhamanch Archive

निर्मलाका बुवालाई एसपी विष्टले भनेका थिए : शव नउठाए कर्फ्यु लगाएर गोली हानिदिन्छु

Published: in खेलकुद by .

काठमाडौं । ‘‘तपाईँले छोरी निर्मलाको लाश नउठाएपछि जसरी एकजना गम्भीर घाइते भएर नेपालगञ्ज पुर्‍याइएको छ,यस्तै स्थिति रहने हो भने म भोलि बिहानदेखि महेन्द्रनगरमा कर्फ्यु लगाउँछु ।

कर्फ्यु लगाएर गोली हान्दिन्छु, त्यसपछि मान्छे मरेको घाइते भए तपाईँले जिम्मा लिनुपर्छ,’’ १३ वर्षीय किशोर निर्मला पन्तको हत्या भएपछि दोषीलाई कारवाही र हत्यारा पहिचान नभएसम्म शव नउठाउने अडान लिएका निर्मला पन्तका बुवालाई कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले यसरी धम्की दिएको खुलेको छ ।

निर्मलाका बुवा यज्ञराज पन्तले केहीदिनअघि बाह्रखरीसँगको कुराकानीमा आफूलाई एसपीले यसरी धम्की दिएको बताएका थिए ।

गत साउन १० गते साथी रोशनी बमको घरबाट निस्किएकी निर्मला ११ गते बिहान उँखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । परिवार र स्थानीयले घटनाको निश्पक्ष छानबिनको माग गरेपनि तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्वले चासो नदिएको स्थानीय बताउँछन् ।
त्यसपछि चर्किएको आन्दोलनका क्रममा कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।

निर्मलाको हत्यापछि दोषीको पहिचान नभएसम्म परिवारका सदस्यले शव नउठाउने अडान राखेपछि हाल निलम्बनमा रहेका तत्कालीन एसपी डिल्लीराज विष्टले भीमदत्तनरपालिकाका मेयर सुरेन्द्र विष्टकै अगाडि ‘लाश नउठाए कर्फ्यु लगाएर मान्छे मार्दिन्छु’ भन्दै धम्क्याएको निर्मलाका बुवा यज्ञराज बताउँछन् ।

स्थानीयको आन्दोलनपछि कञ्चनपुरमा प्रहरी प्रमुख पनि परिवर्तन गरेर निर्मला हत्याकान्डमा शून्यदेखि नै अनुसन्धान सुरु भएको छ ।

तर पहिले प्रहरीले नै प्रमाण नष्ट गरेको पाइएको स्थानीय बताउँछन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *