Sajhamanch Archive

भद्रपुरमा सेवा निबृत्त कर्मचारीलाई सम्मान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । निबृत्त राष्ट्रसेवक समाज नेपाल भद्रपुर नगर समिति झापाले आइतबार पेन्सन दिवसको अवसर पारेर ३ जना सेवा निबृत्त कर्मचारीहरुलाई सम्मान गरेको छ ।

पेन्सन दिवसको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो । मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति चिन्तामणि दाहालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा उहाँले सेवा निबृत्त कर्मचारीहरु निलप्रसाद न्यौपाने, चन्द्रादेवी दाहाल र कृष्णकुमारी भण्डारीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रमुख अतिथि दाहालले समाज सेवा निबृत्त कर्मचारीहरुको संधै सहयोगी बन्न सकोस भन्नुहुँदै नेपालमा सेवा निबृत्तहरुको अवस्था र सरकारले जेष्ठ नागरिक स्वास्थ्य विमाको बारेमा जानकारी गराउनु भएको थियो ।

समाजका भद्रपुर नगर समितिका अध्यक्ष रत्नप्रसाद खतिवडाको अध्यक्षतामा समाजका उपाध्यक्ष सरोज कार्कीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य मुक्तिनाथ दाहालले स्वागत गरका थिए ।

कार्यक्रममा निबृत्त राष्ट्र सेवक समाजका १ नम्बर प्रदेशका सदस्य तुलसी ढकाल, जिल्ला सहसचिव धर्मप्रसाद भट्टराई, जिल्ला सहसचिव कविन्द्र दाहाललगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *