Sajhamanch Archive

संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् ।

गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा हुन् ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “ २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवश सबभन्दा ठुलो राष्ट्रिय दिवश हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवशलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताए । उनले संविधान दिवशको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गरे । “संविधान दिवशलाई सबैको दिवश बनाउनु पर्दछ । यो जनजाती,महिला,दलित,मधेस,पहाड,हिमाल सबैकोे उत्सवको दिन हो” प्रधानमन्त्री ओलीले भने “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झांकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवशको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञाप्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले संविधान दिवशका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *