Sajhamanch Archive

के ग्रीन टी पिउँदा साँच्चै तौल कम हुन्छ ?कस्ता तत्व हुन्छन् ? कसरी काम गर्छ ?

Published: in रोचक कुरा / टिप्स by .

तौल घटाउन ग्रीन टीले कस्तो भूमिका खेल्छ ? के ग्रीन टी पिउँदा साँच्चै नै तौल घट्छ ? यदि हामीले इन्टरनेटमा ग्रीन टीबारे खोजी गर्यौं भने यसले तौल घटाउँछ भन्ने जानकारी पाउँछौं । यसबारे विभिन्न अनुसन्धान भएको बताइन्छ तर उनीहरुले यो कुन युनिभर्सिटी वा मेडिकल कलेजमा भएको हो, कुन डाक्टर यो अध्ययनमा समावेश छन् । यो अनुसन्धानको प्रमाणिकता के हो भन्ने बारे जानकारी दिँदैनन् ।

के ग्रीन टीले तौल घट्ने कुरा भ्रम हो ?

ग्रीन टीमाथि विकिपिडियाको पेजले यो बताउँछ कि यसको सेवनले तौल घट्नेबारे कुनै वैज्ञानिक प्रमाण छैन । यस्तो कुनै मेडिकल अध्ययनमा साबित भएको छैन । त्यसो भए इन्टरनेटमा सैयौं लेख र हज्जारौं पानामा फैलिएको ग्रीन टीले तौल कम गर्छ भन्ने जानकारी झुटो हो त ?

होइन, यो पूर्ण रुपमा झुटो होइन तर यो वास्तविकता पनि होइन कि ग्रीन टीले तौल कम गर्छ । हाम्रो शरिको तौलको सम्बन्ध मेटाबोलिजम, पाचन क्रिया आदिमा निर्भर हुन्छ । ग्रीन टीले मेटाबोलिजमलाई चुस्त दुरुस्त राख्न सहयोग गर्छ, शरिरभित्रको विषालु तत्वको सफाई गर्छ र शरिरलाई सुचारु रुपमा चल्न सहयोग गर्छ । तर यसका लागि सन्तुलित मात्रामा यसको सेवन गर्नुपर्छ । एउटा सीमाभन्दा बढी ग्रीन टीको सेवनले शरिरमा विषालु तत्व पैदा गर्न थाल्छ र यसको उल्टो प्रभाव देखिन थाल्छ ।

ग्रीन टीमा कस्ता तत्व हुन्छन् ?

यसमा फ्याट र कार्बोहाइड्रेट शुन्य हुन्छ । प्रोटिनको मात्रा निकै थोरै हुन्छ भने क्याल्सियम, आइरन, म्याग्नेशियम, म्याग्निज पोटाशियम र सोडियम हुन्छ । यीबहेक भिटामिन बी वान, भिटामिन बी टु, भिटामिन बी थ्री र भिटामिन बी सिक्स पनि पाइन्छ ।

कसरी काम गर्छ ?

– ग्रीन टीमा पाइने एन्टिअक्सिडेन्ट तत्वले शरिरमा उत्तेजकको काम गर्छ । यसले अतिरिक्त बोसो बढ्नबाट रोक्छ र शरिरमा जम्मा हुन दिँदैन ।

– यदि तारेको, भुटेको र भारी खाना खाएपछि एक कप तातो ग्रीन टीको सेवन गरे यसले आन्द्रामा टाँसिने चिल्लोलाई सफा गर्ने काम गर्छ, बोसोलाई जम्मा हुन दिँदैन र गरिष्ठ भोजन पचाउन मद्दत गर्छ ।

– ग्रीन टीमा क्याथेचिन नामको एन्टीअक्सिडेन्ट हुन्छ जसले मेटाबोलिजमलाई दुरुस्त राख्ने काम गर्छ । जब मेटाबोलिजमले सही तरिकाले काम गर्न थाल्छ तब हामीले खाएको खाना शरिरमा जम्मा हुनुको साटो ऊर्जामा परिवर्तन हुन्छ ।

– यसमा क्यालोरी शून्य मात्रामा हुने भएकाले यो पिउँदा क्यालोरीको डर हुँदैन । तर यसको अर्थ यो होइन कि तपाईं दिनमा १० कप यो पिउन सक्नुहुन्छ ।

– साधारण चियामा सबैभन्दा धेरै हानिकारक तत्व त्यसमा राखिने दुध हो । दुधमा सबैभन्दा धेरै क्यालोरी र फ्याट हुन्छ जुन अत्यधिक हानिकारक हुन्छ । ग्रीन टीको विशेषता यो हो कि यसमा दुध हुँदैन । बिहानको चिया वा कफीमा दुध नहाली पिउनुहुन्छ भने तपाईंलाई आफ्नो तौल नियन्त्रण गर्न सहयोग हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *