Sajhamanch Archive

कारितास नेपालद्वारा वैदेशिक रोजगारबाट फर्किएकालाई पशुपालन पालन सम्बन्धि तालिम प्रदान

Published: in विविधा, समाज by .

कमल । कारितास नेपालको आयोजनामा दमकमा तीन दिने बाख्रा, बंगुर र कुखुरा पालन तालिम सुरु भएको छ ।

दमक नगरपालिका वडा नम्वर ३ र १० को समन्वयमा सञ्चालन भएको तालिकामा सोही वडामा वैदेशिक रोजगारबाट फर्किएर बाख्रा, बंगुर र कुखुरा पालनमा आवद्ध कृषकलाई तालिम प्रदान गरिएको हो ।

तालिममा क्षमता अभिवृद्धि तथा जनचेतनाको माध्यमबाट अति जोखिमपूर्ण अवस्थामा रहेकाहरुको सुरक्षित अप्रवासन सुनिश्चित गर्ने सम्भव परियोजनाद्वारा तालिम सञ्चालन गरिएको हो ।

विगतमा पनि कारितास नेपालको सहयोगमा दमक नगरपालिकाको वडा नम्वर ३ र १० कार्यक्रम सन्चालन गरेको थियो जसले कृषकलाई ठुलो सहयोग पुगेको थियो । यस्ता कार्यक्रम निरन्तर चलिरहका छन् । वडासँगको समन्वय कारितास नेपालले कृषि सम्वबन्धि कार्यक्रम समेत सन्चालन गरेको छ भने कृषकलाई सहकार्य सहुलियत दरमा कर्जा समेत प्रदान गरेको दमक नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नविन बरालले बताए ।

बैदेशिक रोजगारीमा गएका अथवा जाने योजनामा रहेका तथा वैदेशिक रोजगारीसँग जोडिएका व्याक्तिलाई छनौट गरेर तालिम प्रदान गरिएको कारितास नेपालले जनाएको छ । पशुपालनमा देखिएका चुनौती र अवसरलाई तालिमले सहयोग गुग्ने छ भने बैदेशिक रोजगारीबाट फर्किर आएका युवालाई दिगोरुपमा पुनस्थापना गर्न सहयोग पुग्ने कारितास नेपाल दमकका प्रमुख देवेन्द्र पोखरेलले बताए ।
तालिममा दमक नगरपालिका वडा नम्वर ३ र १० का वैदेशिक रोजगार बाट फर्किएर बाख्रा, बंगुर र कुखुरा पालनमा आवद्ध ३० जना कृषक सहभागिता जनाएका थिए । तालिममा सहभागी कृषकलाई पशुस्वास्थ्य प्राविधिक उमानाथ भण्डारीले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *