Sajhamanch Archive

वडाबासीलाई फुलका बिरुवा बितरण

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । बिर्तामोड नगरपालिका बडा नं १ ले चाडबाडमा बिदेशी फुलको प्रयोगमा कमी ल्याउने र वडाबासीलाई फुलमा आत्मनिर्भर बनाउने उद्देश्यले फुलका बिरुवा बितरण गरेको छ ।

नगरपालिकाको सहयोगमा महिला उद्यमी संघले उत्पादन गरेका सयपत्री फुलका १० हजार बिरुवा बितरण गरेको बडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । वडा कार्यालयमा आयोजित कार्यक्रममा पाण्डेले बडाका १६ बटा टोल बिकास समितिका अध्यक्षहरुलाई बिरुवा बितरण गरेका हुन् ।

सो अबसरमा बोल्दै पाण्डेले बडाबासीले आगामी दशै तिहारमा भारतबाट फुल आयात गर्नु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताए । सो कार्यक्रममा महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराइले संस्थाले १ बिगाहा जमीनमा फुल खेती गरिरहेको जानकारी दिएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *