Sajhamanch Archive

कृष्ण जन्माष्टमीको अवसरमा २४ घण्टे अखण्ड कीर्तन

Published: (Updated: ) in विविधा by .

गरामनी । झापाको पूरानो गरामनी स्थित शक्ति पीठमा कृष्ण जन्माष्टमीको अबसरमा २४ घण्टे अखण्ड कीर्तन सुरु भएको छ । सो कार्यक्रमको प्रदेश सभा सदस्य एकराज कार्कीले उद्घाटन गरेर सुभारम्भ गरेका हुन् ।

बिगत धेरै बर्षदेखि यस स्थानमा कृष्ण जन्माष्टमीको अबसरमा २४ घण्टे अखण्ड कीर्तन गरिदै आएको छ । कृष्ण जन्माष्टमीको दिन २४ घण्टासम्म अखण्ड कीर्तन गरिने र भोलिपल्ट दधीकाद पर्ब मनाइने परम्परा रहेको छ ।

राजबंशी बिकास समितिका अध्यक्ष गंगा राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कार्की, बिशेष अतिथि बिर्तामोड नगर पालिकाका प्रबक्ता अग्निप्रसाद पाण्डे, बडा अध्यक्षहरु पबित्रा पाठक, सुरेन राजबंशी, स्थानीय समाजसेवीहरु पबित्रा राजबंशी, भद्रप्रसाद चुडाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *