Sajhamanch Archive

नेपाली अभिनेत्रीहरू किन लगाउँछन् नाइटोमा गहना ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । नाइटोमा गहना लगाउने चलन नेपालमा पनि बढेको छ । फिल्म अभिनेत्री, मोडल र कतिपय उच्च घरानिया परिवारका युवतीले पनि नाइटोमा गहना लगाउने गरेका छन् ।

यो आधुनिक युगमा नयाँ फेसन हुन थालेको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, सुष्मा कार्की, मोडल सगुन शाहीलगायतले यसरी नाइटोमा गहन लगाउने गरेका छन् । जसलाई ‘पियर्सिङ’ गरेको पनि भनिन्छ ।

बलिउडमा त निक्कै अभिनेत्रीले यसरी नाइटोमा गहना लगाउने गरेका छन् ।

खासगरी प्रियंका चोपरा, आयशा ताकियालगायतका अभिनेत्रीले बलिउडमा यसलाई ‘फेमस’ बनाए ।

फरक देखिने होडका लागि नेपाली अभिनेत्रीले पनि यो कल्चरलाई समातेको बताइन्छ ।

यसरी नाइटोमा गहना लगाउने चलन अहिले फेसनका रूपमा अगाडी आए पनि यसको प्रचलन कुनै पश्चिमा मुलुकबाट होइन, अफ्रिकन मुस्लिम देशको मान्यताका हिसाबले आएको थियो ।

इजिप्टबाट नाइटोमा पियर्सिङ गर्ने चलन आएका थियो । महिलावादी भएको देखाउनका लागि यस्तो चलन स्थापित भएको थियो । तर यो अहिले फेसनका रूपमा नै अघि बढेको छ

इजिप्टीसियनहरू ठान्छन्– यस्तो काम गरे धर्तीमा लामो समयसम्म पनि बाँच्न सकिन्छ ।

इतिहासकालदेखि नै इजिप्टका यस्तो प्रयास भएको दाबी गरिएको थियो । तर कतिपयले भने यस्तो काम नभएको पनि बताउँदै आएका छन् ।

आजभोली नाइटोमा पियर्सिङ गर्ने चलन सामान्य हुन थालेको छ । सन् १९९३ मा लन्डनमा मोडल क्रिस्टी टुर्लिङ्टनले नाइटोमा पियर्सिङ गरेको पहिलो पटक सार्वजनिक गरेकी थिइन् ।

केही बर्षदेखि नाइटोका गहना लगाउने चलनमात्र होइन, त्यसको मुल्य पनि महँगिएको बताइन्छ । नयाँ डिजाइन आउन थालेका छन् ।

बाली चाहीँ हरेक दिन नाइटो संस्कृतिका रूपमा बढ्न थालेको छ । बारबेल्स पनि सामान्य बन्न थालेको छ ।

टमी टोयसले बेली हगी नामको नाइटोको गहना पहिलो पटक बनाएका थिए । एक दशमलव ६ एमएमको गहना प्रायः नाइटोमा लगषउने गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *