Sajhamanch Archive

पतञ्जली योग इकाई कमिटी तथा नवोदय बहुद्देश्यीय सहकारीले यसरी मनाए तीज

Published: (Updated: ) in सहकारी by .

कमल । पतञ्जली योग इकाई कमिटी कमल गाउँपालिका अन्तरगत युवा समितिको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ ।

कमल ३ स्थित श्री सिंहदेवी मन्दिरको सभाहलमा सम्पन्न तीज विशेष कार्यक्रममा चेतनामुलक नाटक प्रदर्शन गर्नुका साथै दर खाएर कार्यक्रम मनाएको इकाई कमिटी जनाएको छ ।

पतन्जली योग युवा समितिको आयोजनामा भएको तिज कार्यक्रममा महिलाहरुको महान चाड तीजको विषयलाई समेटेर नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्ण दिदीबहिनीहरुलाई दर खुवाएको युवा समिति संयोजक प्रेम विमलीले जानकारी दिए ।

संस्थाकी सन्चालक समिति सदस्य मना कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पतन्जली योग प्रदेश नम्बर १ का महामन्त्री लक्ष्मीप्रसाद काफ्ले विशेष अतिथी जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद घिमिरेको रहेको थियो ।
कार्यक्रम बाबुराम बस्नेत, महिला अध्यक्ष प्रेमकला निरौला संचारकर्मी उमानाथ भण्डारी, कमल गाउँपालिक संयोजक कृष्ण प्रसाद ओझा लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई योग गुरु भगवती राई र्र न्दिरा गौतमले सन्चालन गरेका थिए भने उपाध्यक्ष निरा बुढाथोकील स्वागत गरेकी थिइन् ।

नवोदय बहुदेश्यीय सहकारी संस्थाको तीज


झापाको कमल गाउँपालिका ३ स्थित श्री नवोदय बहुदेश्यीय सहकारी संस्थाले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले आयोजना गरेको तीज कार्यक्रममा संस्थाका सन्चालक तथा कर्मचारी दर खानुका साथै नाचगान गरेर मनाएको संस्थाले जनाएको छ ।

संस्थाकी सन्चालक समिति सदस्य शान्ता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सस्थाका अध्यक्ष दिलिपकुमार चापागाई, उपाध्यक्ष शरणकुमार पराजुली सन्चारकर्मि उमानाथ भण्डारी लगायतले तीज विषेश कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम लाई कर्मचारी हरीमाया दहालले सन्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *