Sajhamanch Archive

‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु

Published: in खेलकुद by .

काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तर विद्यालय फुटबल टुर्नामेन्ट ‘तेश्रो पिस प्वाइन्ट कप’ आजबाट सानो गौचरणमा सुरु भएको छ ।

एक हप्तासम्म हुने उक्त ‘तेश्रो पिस प्वाइन्ट कप’ को आज औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माफका अध्यक्ष राजन आचार्य, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, नेसनल प्याब्सन काठमाडौँका सदस्य सम्झना लामा, विभिन्न स्कुलका प्रिन्सिपल, प्रतियोगिताको प्रायोजन गर्ने विभन्न संस्थाका प्रतिनिधि, फुटबलसंग सरोकार राख्ने विभिन्न व्यक्ति एवं विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा पिस प्वाइन्टमा अध्यरत विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।
आज भएको पहिलो खेलमा आयोजक विद्यालय पिस प्वाइन्ट बोर्डिङ्ग स्कुल विजयी भएको छ । सप्त गण्डकि स्कुललाई २–० पछि पार्दै विजयी भएको हो । यस्तै पिस प्वाइन्टका नेल्सन तामाङले ‘म्यान अफ द म्याच’को उपाधि पाएका छन् ।
दोश्रो खेलमा भेनस इंग्लिस स्कुललाई ०–४ गोल अन्तरले पछि पार्दै गैह्रिगाउँमा रहेको काठमाडौँ विनायक शिक्षालय (केभिएस) विजयी भएको छ । केभिएसका सुजन नेपालीले ‘म्यान अफ द म्याच’को उपाधि पाएका छन् ।
तेश्रो खेलमा ग्लोबल पब्लिक स्कुललाई ०–२ अन्तरले पछि पार्दै अंकुर विद्याश्रम स्कुल विजयी भएको छ । यस्तै राज विकेले ‘म्यान अफ द म्याच’को उपाधि पाएका छन् ।

प्रतियोगितामा ३२ विद्यालयहरुको सहभागिता रहेको छ । जसमा छात्र र छात्रा दुवै प्रतियोगिता हुनेछ ।
प्रतियोगिताबाट विजयी टिमलाई छात्र तर्फ प्रथम, द्वितीय र तृतियलाई क्रमस १५ हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

यस्तै छात्रा तर्फ विजयी हुने टिमलाई प्रथम, द्वितीय र तृतियलाई क्रमस १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

यस्तै प्लेअर अफ सिरिज, हाई स्कोर, बेष्ट गोलकिपर, म्यान अफ द फाइनल र हरेक प्रतियोगिताबाट म्यान अफ द म्याचको घोषणा गरि ट्रफी प्रदान गरिने बताइएको छ । प्रतियोगिता भाद्र २३ गतेसम्म चल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *