Sajhamanch Archive

राँके बजारमा आगलागी, तीन पसल जलेर नष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम । इलामको देउमाई नगरपालिका–१ राँके बजारमा आगलागी भएको छ ।

आइतबार  राति लागेको आगलागीबाट तीन पसल जलेर नष्ट भएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले समेत आगो नियन्त्रणमा आएको बताए। आगो पाँचथरबाट ल्याएको दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा आएको हो।

आगलागी स्थानीय ठालुमान श्रेष्ठको घरबाट सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामका हवलदार विजय राईले बताए। श्रेष्ठको घरमा रहेको पसलबाट आगलागी सुरु भए पनि कारण पत्ता नलागेको उनले बताए। उनले भने, ‘श्रेष्ठको घरमा रहेका पसलमा आगो लागे पनि के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन।’

आगलागीबाट तीन पसल जलेर नष्ट भएका छन्। आगोलागीबाट तीलबहादुर बस्नेत, श्रीबहादुर विष्ट र इश्वर श्रेष्ठको पसल जलेर नष्ट भएको हो। राईको तीन तले अन्डरग्राउन्डसहित पाँच तले घरमा रहेको विष्टको जुता एवं कपडा पसल जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति, बस्नेतको किराना पसल झण्डै ४० लाख र श्रेष्ठको ५० लाख बराबरको घनमाल क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।

उनका अनुसार घरको क्षति करिव एक करोड बरावर भएको अनुमान गरिएको छ। यसअघि पनि उक्त ठाउँमा आगलागी हुँदा आठवटा घर जलेर नष्ट भएका थिए भने आगो नियन्त्रणमा नआएर अन्य केही घरहरू भत्काउनु समेत परेको थियो। जसबाट पाँच करोड बढीको नोक्सानी भएको अनुमान बजार व्यवस्थापन समितिले गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *