Sajhamanch Archive

३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का

Published: (Updated: ) in मिडियाबाट साभार by .

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ ।

सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको ठेक्का पाएको हो । प्राधिकरणले आईतवार धरहरा निर्माण लागि परेका पाँच कम्पनीको प्रस्ताव खोलेको हो ।

धरहरा निर्माणमा ६ कम्पनी इच्छुक देखिएका थिए । तीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मृल्यांकनबाटै बाहिरिएको थियो।

बाँकी रहेका पाँच रहेका कम्पनी सिआईसिओ कालिका रसुवा जेभीले ४ अर्ब  ३९ करोड, जेडआइइसी लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाईभसिइसी स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए ।

ती कम्पनीका प्रस्तावभन्दा जिआइइटिसी रमन जेभीको प्रस्ताव कम अर्थात तीन अर्ब ४५ करोड थियो ।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *