Sajhamanch Archive

विधुत सर्ट भई आगलागीहुदा करोडौँको क्षति

Published: in समाज by .

इलाम । इलाम र पाँचथरको सीमामा पर्ने राँके बजारमा आइतबार बेलुका आगलागी हुँदा कोरोडौँ मूल्यको क्षति भएको छ ।

ठालुमान श्रेष्ठको घरबाट विधुत सर्ट भएर सुरु भएको आगोले जित बहादुर बस्नेतको किराना पसल, शिव बहादुर विष्टको जुत्ता(चप्पल पसल भएको घरमा आगोले क्षति गरेको जनाइएको छ ।

आगलागीबाट ठालुमानको एक करोड ५३ लाख, जितबहादुरको ४० लाख र शिवको ७ लाख मूल्यको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायब निरक्षक टंक प्रशाद भट्टरार्इले जानकारी दिनए ।

आगलागिलाई नियत्रणमा लिन नसकेपछि स्थानीय, सशस्त्र प्रहरी, नेपाली सेना र पाँचथरबाट दमकल ल्याएर आगो नियन्त्रणमा लिएको प्रहरीले प्रहरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *