Sajhamanch Archive

सतासी महिला मौरीपालन सहकारीले ४७ लाख नाफा कमायो

Published: (Updated: ) in सहकारी by .

दूधे । शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरी पालन सहकारी संस्थाकोे बाह्रौ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले आ.व. २०७४ । ०७५ को आय व्यय सार्वजनिक गरेको छ ।

संस्थाले गएको आ.व.मा २ करोड ९७ लाख ०७ हजार आम्दानी र २ करोड ४९ लाख ४८ हजार ३ सय खर्च गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ४७ लाख, ४८ हजार ७ सय संस्थाले खुद नाफा सार्वजनिक गरेको छ ।

साधारण सभामा संस्थाले २०७४।०७५ मा गरिएको कामको संस्थाका अध्यक्ष केशमाय थेवेले संक्षेपमा प्रस्तुत गरेकी थिइन् । अध्यक्ष थेवेले २०७५।७६कामा संस्थाले निर्माण सुरु गरेका मह प्रशोधन केन्द्रलाई पुरा गरी ५०० देखि १००० केजी सम्मको मह प्रशोधन मेसिन खरिद गर्ने बताइन् । उनले यस संस्थाबाट उत्पादिन मह राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पु¥याउन थप मौरी खरिद गरी बजारको मागलाई पुरा गर्ने जानकारी दिइन् ।

कार्यक्रमा प्रमुख शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले महिलाहरुले मात्र सञ्चालन गरेको एक मात्र संस्थाको प्रगति देखेर सवैलाई धन्यवाद दिएका थिए । उनले यस सहकारी संस्थालाई प्रदेश स्तरीय मौरी जोनका रुपमा विकास गर्नु पर्ने बताए ।

सहकारीले मौरी जोनकालागि त्यसको विधी र प्रकृया सहित नगरपालिका आउन आग्रह गर्दै प्रदेश स्तरीय मौरी जोनका लागि नगरपालिकाले सहयोग गर्ने समेत उनले जानकारी दिए । कार्यक्रम महिला दिदीबहिनीहरुले विदेशमा होइन स्वदेशमै मौरी पालनको माध्यमबाट आय आर्जन गर्न सकिने भन्दै नाटक प्रस्तुत गरेका थिए ।

यसैबीच सहकारीले तीज कार्यक्रम पनि सम्पन्न गरेको छ । संस्थाले साधारण सभामा उपस्थित शेयर सदस्य महिला दिदीबहिनीहरु तथा अतिथिहरुलाई दर खुवाएर तीज मनाएका थिए । महिला दिदीबहिनीहरुले साधारण सभामा तीजका गितमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिवसतक्षी नगरपालिका उपप्रमुख भोजकुमारी नेपाल, साहारा साकोसका उपाध्यक्ष पवित्रा सुब्बा, वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, नेकपाका धनबहादुर थेवे लगायत स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाकी व्यवस्थापक देवीकुमार ओलीले सञ्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *