आगलागीमा परेर हजुरआमा र नातिको मृत्यु
Published: (Updated: )
by .दोलाखा । दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिकामा आगलागीमा परेर हजुरआमा र नातिको ज्यान गएको छ ।
गौरीशंकर गाउँपालिका ९ मा रहेको टासिनाम शेर्पा गाउँका गोपाल शेर्पाको घरमा आगो लाग्दा उनीकी ८० वर्षकी आमा डालकी शेर्पा र १२ वर्षका छोरा मिङमा शेर्पाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षका अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।
Comments