Sajhamanch Archive

कानुन नहुँदा प्रदेशसभा सदस्यहरु तनावमा

Published: in मिडियाबाट साभार by .

काठमाडौं । केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेको  छ ।

ऐनहरु प्रदेशमा नजाँदा कर्मचारी समायोजन, व्यवस्थापन, शान्ति सुरक्षा कायम लगायतका कामकारबाही द्रुत रुपमा अघि बढ्न सकेका छैनन् ।

प्रदेश नम्बर ३ का सांसद रत्न ढकालले संघीय सरकारले यथाशीघ्र ऐनहरु नपठाएको गुनासो गर्दै नेपाल भने, ‘हामी कामविहीन भएका छौं । संविधानको अनुसूचीबमोजिम ऐनहरु नपठाए चुप लागेर बस्दैनौ । ऐन नबन्दा केन्द्रकै मुख ताक्नुपरेको छ ।’

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *