भाइटीका लगाउन हिडेकी युवती बसको ढोकाबाट खसेर मृत्यु
Published:
by .जाजरकोट। गुडिरहेको बसको ढोकाबाट खसेर एक जना युवतीको मृत्यु भएको छ ।
भाइटिका लगाउन हिडेकी चौरजहारी नगरपालिका वडा नम्बर १२ की अन्दाजी २५ बर्षीय तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।
रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।
Comments