कांग्रेसभित्र फेरि किचलो
Published:
by .काठमाडौं । विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु भएको छ ।
गत निर्वाचनमा तत्कालीन नेपाल लोकतन्त्रिक फोरमसाग पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्न उपसभापतिमा गच्छादारलाई मनोनित गरे पनि सभापतिले विधि र प्रक्रिया मिचेको भन्दै आलोचना शुरु भएको छ ।
कांग्रेस विधानमा एक जना मात्र उपसभापति रहने व्यवस्था छ ।
विधानमा भएको व्यवस्थाविपरीत काम गर्दा केन्द्रीय समितिले बाधा अड्काउ फुकाउन उक्त व्यवस्था निलम्बन गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै केन्द्रीय सदस्यहरुले सभापतिको आलोचना गरेका छन् ।
नेपाल समाचार पत्रबाट ।
Comments