पेट्रोल र डिजलको भाउ फेरि बढ्यो
Published:
by .काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । यस्तै डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ ।
निगमलाई एक सिलिन्डर ग्यासमा २ सय ८० रुपैयाँ घाटा रहेको छ ।
Comments