रुसमा शक्तिशाली बिस्फोटः चारको मृत्यु, ४० बेपत्ता
Published: (Updated: )
by .रुसी शहर माग्नितोगोस्र्कमा एक भवनमा शक्तिशाली बिस्फोटका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ ।
उरल प्रान्तमा रहेको यो शहरका अधिकारीका अनुसार बिस्फोटको कारण ग्यास लिक हुनु हो । बिस्फोट स्थानीय समयानुसार ६ बजेर २ मिनेटमा भयो ।
बिस्फोटका कारण भवनको ४८ औं तल्ला पूर्ण रुपमा नष्ट भएको छ । यो भवनमा एक सय २० जना बसिरहेको बताइएको छ ।
Comments