क्याम्पा बजारका अव्यवस्थित बस्तीलाई व्यवस्थित गरिदै
Published:
by .कमल । निर्माणाधिन मंगलवारे क्याम्पा हुँदै शिवगञ्जसम्म जोड्ने सडक अन्तरगत कमल खोलाको पुल छेउ बजार क्षेत्रमा पर्ने बस्तीलाई मंगलबार अन्य खाली जग्गामा सारेर व्यवस्थित गरिएको छ ।
पुल निर्माणसँगै पुलको पश्चिमतर्फ कमल गाउँपालिका वडा नम्वर २ क्याम्पा बजारमा पर्ने १० परिवारलाई प्रभावित क्षेत्रबाट हटाई नजिकै रहेको खाली जमिनमा सारिएको हो । उनीहरुलाई प्रति परिवार साडे ६ धुर जमिन उपलब्ध गराइएको कमल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तारानाथ न्यौपानेले जानकारी दिए ।
बजारभित्र थोरै जमिनमा अब्यस्थित बसोवास गरिरहेका परिवारलाई खोलाले छाडेको जमिनमा सबैको पहलमा व्यवस्थित बसोवास गराउन लागीपरेको क्याम्पा वजार टोलविकास सस्थाका अध्यक्ष हरिकुमार पराजुलीले बताए ।
वडा कार्यालय, बजार समिति र टोल विकास सस्थाको संयुक्त पहलमा सडक निर्माणका क्रममा प्रभावित क्षेत्रमा पर्ने परिवारलाई व्यवस्थित गराएकोमा स्थानिय बासी खुसीले व्यक्त गरेका छन् ।
Comments