नारायणी अस्पतालबाट दुई कोरोना संक्रमित भागे, खोजी हुँदै
Published: (Updated: )
by .वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित बिरामी भागेका छन् ।
अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जना कोरोना संक्रमित भागेपछि उनीहरुको खोजी कार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पतालबाट दुई जना संक्रमित भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको पर्साका प्रहरी प्रमुख गंगा पन्तले बताएका छन् ।
भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले जानकारी दिए । अर्का एक जनाको खोजी कार्य भइरहेको बताइएको छ ।
Comments