कनकाईको क्वारेन्टाइनमा पनि सुरु भयो, योग र डान्स
Published:
by .सुरुङ्गा । कनकाई नगरपालिकाका क्वारेन्टाइनमा रहेकाहरुलाई शारीरिक व्ययाम र मनोरञ्जनका लागि डान्स र योग अभ्यास गराउन सुरु गरिएको छ ।
कनकाई नगरको कनकाई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा डान्स तथा योग अभ्यास गुरु गरिएको छ ।
योग अभ्यासलाई नगरका सबै क्वारेन्टइनमा गराईने कनकाई नगरपालिकाले जनाएको छ । कनकाई बहुमुखीमा मात्रै ५६ जना क्वारेन्टिनमा रहेका छन ।
योग शिविरको यस क्षेत्रका अगुवा योग गुरु टिकाप्रसाद जमरकट्टेल र उहाँका छोरा प्रतापबाबुजमर कट्टेलले सहजीकरण गर्दै गरेका छन् ।
Comments