कोरोना भाइरस: थप एक संक्रमितको मृत्यु, २८ पुग्यो
Published:
by .काठमाडौं । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । १० असारमा चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।
चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।
योसँगै कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
Comments