Sajhamanch Archive

कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन काँकरभिट्टामा उच्च सतर्कता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन काँकरभिट्टामा उच्च सतर्कता.

झापा । नेपालको पूर्वी प्रवेशद्वार झापाको काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारत लगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिकको समेत स्वाब परीक्षण अनिवार्य गरिएको हेल्थ डेस्कका ल्याब […]

सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच २ करोडको डिल (अडियोसहित)

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच २ करोडको डिल (अडियोसहित).

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा […]

चिया निकासीको समस्या सम्बन्धमा झापामा महावाणिज्यदूतसँग छलफल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on चिया निकासीको समस्या सम्बन्धमा झापामा महावाणिज्यदूतसँग छलफल.

झापा । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत ईश्वरीराज पौडेलसँग झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले चिया निर्यातमा देखिएका समस्याका बारेमा आज छलफल गरेका छन् । महावाणिज्य दूतावासकै विशेष पहलमा मेची भन्सार कार्यालयको समन्ववय र नेपाल चिया उत्पादक संघको व्यवस्थापनमा भन्सारकै सभाहलमा आयोजनजा गरिएको कार्यक्रममा नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती […]

चन्द्रगढी खानेपानीको २०औं साधारण सभा सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चन्द्रगढी खानेपानीको २०औं साधारण सभा सम्पन्न.

भद्रपुर । चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भद्रपुर १० को २० औ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला मार्फत वार्षिक साधारणसभा सम्पन्न गरेको हो । भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम […]

अलैंची व्यवसायी भट्टराई फिनको केन्द्रीय सदस्यमा निर्वाचित

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on अलैंची व्यवसायी भट्टराई फिनको केन्द्रीय सदस्यमा निर्वाचित.

झापा । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को केन्द्रीय सदस्यमा चुनिएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको आज शुक्रबार काठमाडौंमा भएको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट अलैंची व्यवसायी भट्टराई केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् । (फिन)को केन्द्रीय अध्यक्षमा सिल्क एशोसिएशनका अध्यक्ष शंकरप्रसाद पाण्डे निर्वाचित भएका छन् । […]

रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव

Published: in मुख्य समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव.

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो । त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय […]

सरकारलाई एमालेको प्रश्न– साझा न्यूनतम कार्यक्रम सदनबाहिर किन ?

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारलाई एमालेको प्रश्न– साझा न्यूनतम कार्यक्रम सदनबाहिर किन ?.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालू रहेका बेला सदन बाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री लगायत सरकार संसदप्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदन बाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु […]

कोशीको आन्दोलनमा मृत्यु भएका लाजेहाङ शहीद घोषणा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कोशीको आन्दोलनमा मृत्यु भएका लाजेहाङ शहीद घोषणा.

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ)लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि […]

जिल्ला खेलकुद विकास समिति परिसर भद्रपुरमा वृक्षारोपण

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on जिल्ला खेलकुद विकास समिति परिसर भद्रपुरमा वृक्षारोपण.

भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर वृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने बाटोको पश्चिमतर्फ करिब सयवटा अशोका र धूपीका विरुवा रोपण गरिएको हो । स्वस्थ नागरिक, समृद्ध समाजको परिकल्पना भन्ने नारासहित आयोजित […]

बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुने

Published: in गीत/संगीत/मनोरञ्जन, राजनीति, समाज by . Leave a Comment on बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुने.

बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तर्गत जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौं कलाकारहरुको सहभागितामा २५ गते शनिबार बिर्तामोडमा सांगीतिक कार्यक्रम हुने भएको छ। बिर्तामोडस्थित अतिथि सदनको भवनमा आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारहरु सहितको टिमले २५ गते बिर्तामोडस्थित सिटी सेन्टरको पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सांगीतिक कार्यक्रम गर्ने जानकारी दिएको छ। […]