काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०–१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिएका छन् । सोमबार बसेको बोर्ड बैठकले डिजेल, मट्टीतेल र दुवै प्रकारका हवाई […]
झापा । देशकै अग्रणी सहकारी संस्थाको रूपमा परिचित झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का अधिकृत कर्मचारीहरुले पश्चिममा रहेका सहकारी संस्थाहरूको अवलोकन भ्रमण गरेको छ । चैत १३ देखि १८ गतेसम्म संस्थाको कर्पाेरेट व्यवस्थापन समूहको टोलीले अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको नेतृत्वमा संस्थाका कर्पाेरेट विभागीय प्रमुख, […]
बिर्तामोड । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनका स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ म्याराथनमा भाग लिने भएकी छन् । सहारा हाफ म्याराथन भोलि चैत २१ गते बिर्तामोडको चारपानेमा हुँदैछ । सहारा नेपाल साकोसले […]
भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायको स्वास्थ्य उपचारका लागि निःशुल्क बीमाको व्यवस्था गरिदिएको छ । नगरपालिकामा कार्यक्रमको आयोजना गरी नगर कार्यपालिकाले नगर क्षेत्रमा रहेका ६३४ सन्थाल परिवारका लागि २२ लाख १९ हजार रुपैयाँको चेक स्वास्थ्य बीमा महसुल कार्यालयलाई प्रदान गर्दै निःशुल्क उपचारको प्रबन्ध गरिदिएको हो । नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा नगर […]
कनकाई । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । सहारा दुर्गापुर सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसको अवसरमा सोमबार आज कनकाई नगरपालिका वडा नम्बर २ मा अवस्थित सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो […]
नेपाली मुद्राको छपाईमा बर्सेनी अर्बौं रुपैयाँ खर्चंदै आएको नेपाल राष्ट्र बैंकले ‘गो क्यासलेस’को नारा दिएर बैंक तथा वित्तीय संस्थाहरुलाई ‘डिजिटल्ली’ वित्तीय कारोबार गर्न सुझाएको छ । यही नारालाई सार्थकता प्रदान गर्दै बैंकहरुले डिजिटल कारोबार गर्न थालेका हुन् । पछिल्ला केही वर्षदेखि नेपालका सहकारी संस्थाहरुले पनि अत्याधुनिक प्रविधि अंगालेका कारण पैसाको कारोबार गर्न अझ सजिलो बनाएका […]
कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक समाधान गर्दै जाँदा नै विकास हुन्छ । अहिले सहकारी संस्थाहरुमा देखिएको समस्या पहिला पनि थियो र पछि पनि यस्ता समस्या […]
बिर्तामोड । दैवी तथा प्राकृतिक विपत्ती जहिले पनि जसलाई पनि पर्न सक्दछ । यसले धनी गरिब छुट्याउँदैन । शुक्रबार साँझ आएको असिना सहितको वर्षात् र हावाहुरीले पनि झापाका धेरै परिवारको बिचल्ली बनाएको छ । असिनाले मकैका बोट, सागसब्जी लगायत पुरानो टिनको छानो छिया छिया बनाई दिएको छ । आँधी हुरीसहित आएको वर्षातका कारण स्टिल इण्डष्ट्रिजमा […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रकाशित मितिः २०७९/१२/१९ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को नाममा दर्ता कायम रहेका तपसिलमा उल्लिखित गैर बैंकिङ सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य सिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएकाले यो सूचना प्रकाशित गरिएको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरेको छ । आज आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।