Sajhamanch Archive

कोशी प्रदेशमा माओवादी केन्द्रको अस्थिर चरित्रः प्रदेश नामाकरणको पक्षमा मतदान, अहिले आन्दोलनमा ऐक्यबद्धता

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on कोशी प्रदेशमा माओवादी केन्द्रको अस्थिर चरित्रः प्रदेश नामाकरणको पक्षमा मतदान, अहिले आन्दोलनमा ऐक्यबद्धता.

विराटनगर । तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ । गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध […]

आराध्य साकोसको स्वास्थ्य शिविरमा ३०० ले आँखा जँचाए

Published: in लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आराध्य साकोसको स्वास्थ्य शिविरमा ३०० ले आँखा जँचाए.

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । मेचीनगर–७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा जाँच गराएका हुन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा […]

छानो उडाउँदा पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on छानो उडाउँदा पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति.

बिर्तामोड । आँधी हुरीसहित आएको वर्षातका कारण पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ। शुक्रबार साँझ आएको आँधी हुरीसहितको वर्षातले बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको सो उद्योगमा करोडौंको क्षति भएको सञ्चालकले जनाएका छन् । उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी […]

बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल.

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजीव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण धेरै भएको बताए […]

मेची सहकारीमा सदस्य शिक्षा एवम् वित्तीय साक्षरताको पहिलो चरण सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लाइभ, शिक्षा, समाज, सहकारी by . Leave a Comment on मेची सहकारीमा सदस्य शिक्षा एवम् वित्तीय साक्षरताको पहिलो चरण सम्पन्न.

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको अन्तिम सदस्य शिक्षा एवम् वित्तीय साक्षरता कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई सेवा केन्द्र कार्यालयमा आमन्त्रण गरी संस्थाले शनिवार सदस्य शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरेको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नागरायणप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले […]

बिर्तामोडमा क्याम्ब्रिज कोर्स अध्यापनका लागि तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा क्याम्ब्रिज कोर्स अध्यापनका लागि तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ । शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिएका हुन् । […]

भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक निमन्त्रणा

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक निमन्त्रणा.

हाम्रा पति तथा पिता गणेशप्रसाद बिमलीको मिति २०७९ साल चैत ७ गते ७४ वर्षको उमेरमा भएको असामयिक निधनले सिंगो बिमली परिवार स्तब्ध र मर्माहत बनेको छ । छोटो तर असाध्य बिमारले उहाँको परमधामगमन भएको १३औं दिनको पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकको यस घडीमा हामीप्रति समवेदना अर्पण गर्नुहुने सबैमा हामी कृतज्ञता ब्यक्त […]

२०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on २०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी.

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ का लागि झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाई झापाको विवरण अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका हुन् । एसईई परीक्षाका लागि झापामा ५६ वटा परीक्षाकेन्द्र रहेका छन् । सामुदायिक विद्यालयतर्फ १२७ वटा र सस्थागततर्फ २३९ गरी […]

पहिचानवादीद्वारा पालिका र वडाहरुमा तालावन्दी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on पहिचानवादीद्वारा पालिका र वडाहरुमा तालावन्दी.

झापा । कोशी प्रदेश नामकरणको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रबार झापाको कमल गाउँपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका कार्यालय तथा केही वडाहरुमा तालाबन्दी गरेका छन् । प्रदेश १ को पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गर्नुका साथै कोशी लेखिएका कार्यालयका कागजातहरु जलाएका छन् । विभिन्न ठाउँबाट सहभागी […]

संस्कार पढाउने विद्यालयका जग्गादाता सम्मानित

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on संस्कार पढाउने विद्यालयका जग्गादाता सम्मानित.

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गरेका छन् । तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गरेका हुन् । जग्गादाता तिवारी दम्पत्तिलाई प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान […]